स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
२०८०-०१-२३
- A
- A-
- A+
रौतहट, गौर नगरपालिका-२ ब्यारियलबाट स्रोत नखुलेको ३ लाख १२ हजार नेपाली रूपैयाँ र २२ हजार भारतीय रूपैयाँसहित भारत बिहार सितामणी-७ बस्ने २६ वर्षीय सुजित कुमार महतोसमेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बलसमेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा बिआर ३० एडि ३६८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।