प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०१-२५

  • A
  • A-
  • A+
Share

उदयपुर, १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका-४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका-३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार