बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०१-२९
- A
- A-
- A+
काठमाडौं, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ ठेगाना भई भक्तपुर ठिमी नगरपालिका-४ बस्ने ४६ वर्षीया भावना श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २५ लाख ९० हजार रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर ठिमीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको छ ।