बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०२-०१
- A
- A-
- A+
काठमाडौं,बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रौतहट गजुरा नगरपालिका-२ घर भई भक्तपुर मध्यपुरठिमी नगरपालिका-१ बस्ने ३२ वर्षीय उत्तरमान गोलेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७९ मंसिर १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ लाख ६० हजार रूपैयाँ जरिवाना र २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।