जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०२-०१
- A
- A-
- A+
महोत्तरी, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सम्सी गाउँपालिका-४ भेटपुर टोल बस्ने २१ वर्षीय रामनगिना राउत बरैलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
बरैले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।