प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डाँका-चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०८०-०२-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, भारतीय पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई उनीहरूको साथमा भएको नगद लुट्ने तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका-४ सिम्ले घर भई काठमाडौं महानगरपालिका- १६ बालाजु माछापोखरी बस्ने ३२ वर्षीय पदम बहादुर शाही र कैलाली धनगढी उमहानगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ३३ वर्षीय पुरन भन्ने ओम प्रकाश ऐरी रहेका छन् । 

गत जेठ ३ गते राति काठमाडौं कोटेश्वरस्थित डान्सबारमा भारतीय पर्यटकहरूको साथबाट नगद लुटपाट तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२९ सिंहदरबार दक्षिणगेट अगाडिबाट फेला पारी पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बानेश्वर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।