जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०२-०९
- A
- A-
- A+
रूपन्देही, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोटहीमाई गाउँपालिका-७ भैसाघान बस्ने २० वर्षीय रियाज अहमद मुसलमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
मुसलमानले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।