प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

२०८०-०२-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा भारत पटना घर भएका २८ वर्षीय सरिव खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

चोरी भएको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०१-२७

काठमाडौं, aआकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर थाहा नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-१० बस्ने ३१ वर्षीय असिम नगरकोटीलाई बिहीबार प्रहरीले पक्राउ गरेको  छ । नगरकोटीले वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै पीडितहरूबाट रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-२७

दाङ, घोराही उपमहानगरपालिका-१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उनकै श्रीमती ४२ वर्षीया होटी वलीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ओबिराम घर नजिकै रहेको घाइते अवस्थामा बुधबार राति फेला परी उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएको उपचारको क्रममा भएको भएको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले होटीलाई पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उनीहरू बिच झै-झगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-२७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ  गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।   पक्राउमध्ये वकिल बहादुरले क्यानडा पठाईदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ ठगी गरेको र धर्मेन्द्रले युके पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वकिल बहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका-६ बाट र धर्मेन्द्रलाई  काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध रूपमा भन्सार छलि लैजान लागेको सुनसहित पक्राउ
२०८१-०१-२७

काठमाडौं, भन्सार छलि अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औठी १ थानसहित प्युठान गौमुखी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४१ वर्षीय अम्बर तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छलि गर्न लगाई उक्त धातु संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्‍यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
२०८१-०१-२६

काठमाडौं, युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०१-२६

काठमाडौं, कारागारमा रहेका व्यक्तिलाई छुटाई दिन्छु तथा अदालतमा मुद्दा मिलाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ३७ वर्षीय कृष्ण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।  भन्सार छलि मुद्दामा कारागारमा रहेका व्यक्तिलाई छुटाई दिन्छु भन्दै पीडितसँग ७ लाख रूपैयाँ र जिल्ला अदालत ललितपुरमा चलिरहेको जग्गा सम्बन्धी मुद्दा मिलाई दिन्छु भन्दै अर्का पीडितसँग २३ लाख रूपैयाँ ठगी गरी फरार रहेका कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं सोल्टीमोडबाट पक्राउ गरेको हो ।   उनी उपर जिल्ला अदालत काठमाडौंबाट ठगी सम्बन्धी कसूर मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।