प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फेसबुकमा लोन सेवा नाम पेज बनाई रकम ठगी गर्ने व्यक्ति पक्राउ

२०८०-०२-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, फेसबुकमा घर जग्जा लोन सेवा नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने २७ वर्षीय रामचन्द्र चालिसेलाई प्रहरीले पक्राउ गरेको छ । 

उनले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि घर जग्गा लेन सेवा पेज बनाई लोन चाहिएमा सम्पर्क गर्नुहोस भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिई अर्काको नामको नागरिकता दुरूपयोग गरी विभिन्न बैंकमा खाता खोली खाताको चेक दिई ठगी गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनी उपर ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पक्राउ
२०८०-०६-०४

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै मौरिसस जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको उक्त अमेरिकी डलरसहित पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशलामा पठाइएको छ । 

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
२०८०-०६-०२

काठमाडौं, जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने ४५ वर्षीय राज कुमार गुरूङ र सुनसरी इटहरी उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ रहेका छन् । उनीहरूले १ जनालाई वैदेशिक रोजगारका लागि जापान पठाइ कुकमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं घट्टेकुलोबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।    

कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संलग्न आठ जना पक्राउ
२०८०-०६-०२

रूपन्देही, तिलोत्तमा नगरपालिका-९ केवलानीस्थित एसजि रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको सोमबार राति मृत्यु भएको छ । कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका-४ बस्ने १९ वर्षीय रोमन तामाङ समेत आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भई कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुर र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले सुरेश समेत ४ जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा सुरेशको मृत्यु भएको हो । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०६-०२

काठमाडौं, तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिंहले १ जनालाई वैदेशिक रोजगारका लागि तान्जानिया पठाइ आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम  लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं सितापाइला चोकबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।