प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०७-२५

  • A
  • A-
  • A+
Share

तेह्रथुम, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका-४ बस्ने २२ वर्षीय मनिष राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई राईले मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

धनुषा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदनगर नगरपालिका-४ ननुपटी बस्ने २७ वर्षीय बिजय मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  मुखिया र सोही ठाउँ बस्ने २८ वर्षीय संजय साह समेतले ती किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले मुखियालाई पक्राउ गरेको हो । हाल फरार साहको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार