प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०३-२६

  • A
  • A-
  • A+
Share

झापा, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका-९ झमकचौक बस्ने १९ वर्षीय बिबेक अधिकारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दैलेख, ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुरास गाउँपालिका-५ कुटिभैरी बस्ने २५ वर्षीय तेज बहादुर नेपालीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती महिलालाई गत असार २१ गते साँझ सोही ठाउँस्थित गोरेटो बाटो छेउको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी माथिल्लो डुङगेश्वलरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार