प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०४-०६

  • A
  • A-
  • A+
Share

प्युठान, ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ऐरावती गाउँपालिका-५ झिवाङ बस्ने ३० वर्षीय अर्वीन थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

थापाले ती महिलालाई ऐरावती गाउँपालिका-२ बिरुवाङ खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौला र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार