प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share

सप्तरी, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्री नारायण सदा रहेका छन् । 

उनीहरू समेतका ५ जनाले सोही नगरपालिका-५ स्थित नर्सरीमा ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

साथै घटनमा संलग्न हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार