प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भारतीय नक्कली नोटसहित एक जना पक्राउ

२०८०-०४-१९

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट २ सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित दैलेख नारायणी नगरपालिका-६ बस्ने ३८ वर्षीय दुर्गा रेग्मीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ ।

 विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न व्यक्ति पक्राउ
२०८१-१२-०९

काठमाडौं, आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न रहेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका-२ ठेगाना भई भक्तपुर सूर्यबिनायक नगरपालिका-२ लोकन्थली बस्ने सुदिप कुमार साह गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।आपराधिक लाभ लिने उद्देश्य सहित योजनावद्ध तवरले धाक धम्की दिई अपहरण समेत गर्ने डर त्रास देखाई रकम माग गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न गुप्तालाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो । उनलाई आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।   

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-०८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका-९ बस्ने ५१ वर्षीय प्रकाश बहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिकलण्ठ नगरपालिका-६ सरस्वती कोलोनीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-०७

संखुवासभा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका-९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ । भोजपुर घर भएका ३६ वर्षीय पर्शुराम विकको २०६१ चैत २२ गते हत्या गरेको घटनामा जिल्ला अदालत संखुवासभाको २०६७ कात्तिक १७ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनलाई चैनपुर नगरपालिका-९ खाम्लिङबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ । 

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८१-१२-०६

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा साथी बनी सम्बन्धमा समेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको र आपसमा मनमुटाउ भए पश्चात पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।