प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

२०८०-०४-१९

  • A
  • A-
  • A+
Share

बर्दिया, ९ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका-६ नौरंगा बस्ने २१ वर्षीय रबिन थारु र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । उनीहरूले ती बालिकालाई मसानघाटको ओत लाग्ने टहरोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारमाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

भक्तपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-१४ झ्याडी घर भई हाल भक्तपुर बोडे बस्ने २५ वर्षीय सिङ्ग बहादुर माझीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसोदेखि हराएकी बालिकाको खोजी तथा अनुसन्धान गर्ने क्रममा माझीले ती बालिकालाई सोमबार भक्तपुर सूर्यविनायकस्थित कोठामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०८-१५

झापा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगत मणी आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा जगत मणीको दाइ ३७ वर्षीय बाल कुमार आचार्यले ती बालिकालाई ललाई फकाई आफ्नो भाइलाई भेटाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०८-११

दाङ, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका-११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी गत असोज २३ गते राति दाङ राप्ती गाउँपालिका-१ भालुवाङ बजारस्थित रोल्पाली सिर्प जलजला ड्रिमल्याण्ड होटल एण्ड लजमा लगी जबरजस्ती करणी गरी यातना समेत दिएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०८-०६

 झापा, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-३ बस्ने इलाम रोङ गाउँपालिका-६ स्थाई वतन भएका २० वर्षीय दिपेश प्रधानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका-३ किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दाङ, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१५ बस्ने ३१ वर्षीय सुवास पुलामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पुलामीले ती महिलालाई विवाह गर्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  बाँके, २० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका-१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रबिण थापा रहेका छन् । युवराज, समिर, प्रबिण र जानकी गाउँपालिका-२ चौधरीपुर बस्ने २० वर्षीय सन्देश थापा क्षेत्रीले ती महिलालाई सोही गाउँपालिका-१ जलपोखरीस्थित अरहरी बारीमा लगि कात्तिक ३० गते पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको हो । हाल फरार सन्देश थापा क्षेत्रीको प्रहरीले खोजी गरिरहेको छ ।  सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।