प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०४-२०

  • A
  • A-
  • A+
Share

चितवन,७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इच्छाकामना गाउँपालिका-३ बस्ने ४५ वर्षीय मेघ बहादुर चेपाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका-३ डुसा सामुदायिक बनमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार