प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

मोरङ, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-५ बस्ने २३ वर्षीय युवराज महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार