जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०४-२९
- A
- A-
- A+
बागलुङ, ७९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा निसीखोला गाउँपालिका-६ रङगिला बस्ने २७ वर्षीय देव बहादुर कामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कामीले आइतबार साँझ सोही ठाउँस्थित गोरेटो बाटोमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी निसीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।