जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०५-०१
- A
- A-
- A+
झापा, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-२ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।