प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०५-०५

  • A
  • A-
  • A+
Share

दाङ, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, रोल्पा नगरपालिका-४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०६-०३

डडेल्धुरा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका-३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् । कमल र २ जना १८ वर्षीय किशोरले ती महिलालाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।घटनामा संलग्न हाल फरार सोही ठाउँ बस्ने १८ वर्षीय किशोरको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।