प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८०-०५-१३

  • A
  • A-
  • A+
Share

उदयपुर, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ जहडी बस्ने मोरङ बिराटनगर महानगरपालिका-१६ घर भएका ४२ वर्षीय दिनेश पण्डितलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

ती महिलालाई धाक धम्की डर त्रास देखाई पण्डितले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार