प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०५-१७

  • A
  • A-
  • A+
Share

दाङ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-१ चिसापानी बस्ने ४० वर्षीय राम बहादुर खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

राप्ती गाउँपालिका-२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा कार्यालय सहयोगी तथा सह-चालकको रूपमा कार्यरत खनालले भदौ ४ गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले खनाललाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार