जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-०८-०३
- A
- A-
- A+
तेह्रथुम,
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका-२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महराले ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।