प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०५-२१

  • A
  • A-
  • A+
Share

बर्दिया, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका-९ माछागढ बस्ने ३९ वर्षीय  शेर बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई बारबर्दिया नगरपालिका-४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

रूपन्देही, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका-४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

भोजपुर, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुम गाउँपालिका-२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०६-०३

डडेल्धुरा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका-३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् । कमल र २ जना १८ वर्षीय किशोरले ती महिलालाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।घटनामा संलग्न हाल फरार सोही ठाउँ बस्ने १८ वर्षीय किशोरको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।