जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-०८-०५
- A
- A-
- A+
भोजपुर, १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङ्ममा गाउँपालिका-२ खेसाङ बस्ने १९ वर्षीय वीर बहादुर पहाडीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वीर बहादुरले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बास्तीमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।