प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०६-१७

  • A
  • A-
  • A+
Share

तनहुँ, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका-६ सेप्राङ घर भएका २६ वर्षीय कर्ण बहादुर मास्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार