प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०७-१३

  • A
  • A-
  • A+
Share

रोल्पा, २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लुङग्री गाउँपालिका-६ तल्लो गुम्चाल बस्ने २८ वर्षीय नुम बहादुर रोकालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

रोकाले ती किशोरीलाई लुङग्री गाउँपालिका-६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको प्रहरी टोलीले उनलाई तल्लो गुम्चालस्थित बाटोमा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार