प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०८-२७

  • A
  • A-
  • A+
Share

तनहुँ, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार