प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका-६ बस्ने धनुषा गणेशमानचारनाथ नगरपालिका-१ घर भएका २२ वर्षीय जित बहादुर बुढाथोकी लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका-६ स्थित पार्किङ गरी राखेको टिपरमा किशोरीलाई उनीहरुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  

पर्सा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका-७ रामटोल बस्ने २१ वर्षीय बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई सोही महानगरपालिका-२४ टोलस्थित सिर्सिया खोलाको किनारको रहरबारीमा लगी कुर्मीले शुक्रबार साँझ जबरजस्ती करणी गरेको सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई उनकै घरठेगानाबाट पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट  ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

यसैगरी १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा जीराभवानी गाउँपालिका-२ बस्ने २० वर्षीय प्रभु साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीका अभिभावक उपचारको क्रममा वीरगंज गएको अवस्थामा र स-साना भाइबहिनीहरू मात्र भएको मौका छोपी कानुले ती किशोरीलाई  शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१७

पर्वत, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुश्मा नगरपालिका-९ बस्ने भोजपुर हतुवागढी गाउँपालिका-४ घर भएका ४१ वर्षीय श्री प्रसाद राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्री प्रसादले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । धादिङ, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गजुरी गाउँपालिका-५ बस्ने २२ वर्षीय राम कृष्ण विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम कृष्णले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१६

उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगम बेलका नगरपालिका-६ कात्तिके बस्ने २१ वर्षीय लाक्पा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लाक्पाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सिन्धुली, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुधौली नगरपालिका-३ बस्ने २३ वर्षीय भक्त बहादुर कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भक्त बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्ग्रेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  संखुवासभा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकालु गाउँपालिका-५ बस्ने भोटखोला गाउँपालिका-४ घर भएका ४३ वर्षीय किरण तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किरणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी नुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१०

कैलाली, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ धनचौरी बस्ने २८ वर्षीय कृष्णराज भट्टराईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कृष्णराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मालखेती समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  तेह्रथुम, ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-२ हमर्जुङ बस्ने ४४ वर्षीय खलेत्रे भन्ने लिलम बहादुर लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिलम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।