प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-१०-१७

  • A
  • A-
  • A+
Share

भोजपुर, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

कार्कीले ती किशोरीलाई  सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार