प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-१०-२३

  • A
  • A-
  • A+
Share

दाङ, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१२ बस्ने १६ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई ललाई फकाई गरी बिवाह गर्छु भनी आफ्नो घरमा समेत राखेर जबरजस्ती करणी गरेको र सोही कारण गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार