जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-११-१०
- A
- A-
- A+
ईलाम, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका-१ मानेभञ्ज्याङबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।