प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-१२-१३

  • A
  • A-
  • A+
Share

रूपन्देही, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । रामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

मोरङ, ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका-६ झौवाबनी बस्ने ५५ वर्षीय सन्तलाल धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धामीले ती महिलालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार