प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-१२-२४

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-१० शिवनगर बस्ने २१ वर्षीय बिक्रम चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बिक्रमले ती बालिकालाई सोही ठाउँस्थित गन्ना खेततर्फ लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार