प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगी सम्बन्धी कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

२०८१-०१-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने २७ वर्षीय धुर्व खरेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

खरेल भएको ठगी सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार
चेक रिपब्लिक पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-०१-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ३१ वर्षीय नारायण बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

अजरबैजान पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-०१-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने गोरखा अजिरकोट गाउँपालिका-४ घर भएका २२ वर्षीय अनिल देवकोटालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   देवकोटाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०१-१२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने सिन्धुली तीनपाटन गाउँपालिका-३ घर भएका ३६ वर्षीय एक राज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।