प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

२०८१-०१-२८

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१० अमरसिंहचोक स्थित खेलकुद मैदानमा पार्किङ गरी राखेको ग.१ ख ६५९५ नम्बरको बसभित्र महिलालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मादी गाउँपालिका-९ घर भई पोखरा महानगरपालिका-१० अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्र बहादुर थापा, मादी गाउँपालिका-१२ भगवतीटार बस्ने ३८ वर्षीय कृष्ण रानाभाट र २९ वर्षीय विनोद परियार रहेका छन् । उनीहरूले खाजा खान जाम भनी ललाई फकाई गरी उक्त बसभित्र लगि बियर समेत सेवन गर्न लगाई सामूहिक जबरजस्ती करणी गरेको अवस्थामा सिआरभी अमरसिंहचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत कास्कीबाट करणी सम्बन्धी कसूर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

लमजुङ, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यनेपाल नगरपालिका-७ चिसाङ्कु बस्ने ४६ वर्षीय नवराज घिमिरेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घिमिरेले ती किशोरीलाई सोही ठाउँस्थित भिरबारी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१७

पर्वत, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुश्मा नगरपालिका-९ बस्ने भोजपुर हतुवागढी गाउँपालिका-४ घर भएका ४१ वर्षीय श्री प्रसाद राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्री प्रसादले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । धादिङ, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गजुरी गाउँपालिका-५ बस्ने २२ वर्षीय राम कृष्ण विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम कृष्णले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१६

उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगम बेलका नगरपालिका-६ कात्तिके बस्ने २१ वर्षीय लाक्पा तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लाक्पाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सिन्धुली, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुधौली नगरपालिका-३ बस्ने २३ वर्षीय भक्त बहादुर कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भक्त बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्ग्रेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  संखुवासभा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकालु गाउँपालिका-५ बस्ने भोटखोला गाउँपालिका-४ घर भएका ४३ वर्षीय किरण तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किरणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी नुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-१०

कैलाली, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ धनचौरी बस्ने २८ वर्षीय कृष्णराज भट्टराईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कृष्णराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मालखेती समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  तेह्रथुम, ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-२ हमर्जुङ बस्ने ४४ वर्षीय खलेत्रे भन्ने लिलम बहादुर लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिलम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।