प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०१-३०

  • A
  • A-
  • A+
Share

मनाङ, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ङिस्याङ गाउँपालिका-३ ङावल बस्ने २७ वर्षीय अर्जुन राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

राईले ती महिलालाई सोही ठाउँस्थित मानिस नबस्ने पुरानो घरमा एक महिनाअघि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हुम्देबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार