प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८१-०१-३१

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, भिमदत्त नगरपालिका-५ बनखेतस्थित शंकर दत्त भट्टको हाईवे फास्ट फुड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा शंकर समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ६१ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८३-०१-३१

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ फुलबारी टोल बस्ने ३८ वर्षीय जनक रोकायको घरमा जुवातास खेलिरहेको अवस्तामा जनक समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ६६ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  कास्की, मादी गाउँपालिका-५ सुन पदेंलीस्थित पोखरा महानगरपालिका-२ अर्चलबोट बस्ने म्याग्दी घर भएकी ५० वर्षीया रूपा पुनले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा रूपा समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८७ हजार ८ सय ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।