प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

२०८१-०२-०३

  • A
  • A-
  • A+
Share

 काठमाडौं, जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार रहेका २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी पिपरा गाउँपालिका-५ घर भई काठमाडौं कलंकी बस्ने २० वर्षीय सौरभ झा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भई काठमाडौं बाफल बस्ने २२ वर्षीय साजन अधिकारी रहेका छन् । 

काठमाडौं कलंकीस्थित लोमस गेष्ट हाउसमा २०८० भदौ २९ गते पीडितलाई पटक पटक जबरजस्ती करणी गरी फरार रहेका उनीहरूमध्ये सौरभलाई काठमाडौं बाफल र साजनलाई काठमाडौं ठमेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०२-३१

बर्दिया, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१ बिजपुर ममतापुरिया टोल बस्ने ४० वर्षीय राकेश कुमार बन्जारालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बन्जाराले ती महिलालाई सोमबार राति पीडितकै कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुर(क)बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ।ओखलढुंगा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ बस्ने १९ वर्षीय सुजन लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती किशोरीलाई ओखलढुंगा मोलुङ गाउँपालिका-८ बर्खे भन्ने स्थानको जंगलमा मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।