लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०२-१४
- A
- A-
- A+
कञ्चनपुर, लागूऔषध खैरो हेरोईन मुद्दाका फरार प्रतिवादी भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने लोकेश शाहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर जिल्ला अदालतको २०७९ पुस २८ गतेको फैसलाले उक्त मुद्धामा ४ महिना १० दिन कैद र २ हजार रूपैयाँ जरीवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरेकोमा कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ ।