प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

२०८१-०२-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न नुवाकोट शिवपुरी गाउँपालिका-२ छाप घर भई काठमाडौं बसुन्धारा बस्ने २८ वर्षीय रविन्द्र तामाङ र काठमाडौं कपन बस्ने २० वर्षीय कृष्ण तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

धर्मेन्द्र राईले टोखा नगरपालिका-१० महादेवटारबाट बागमती प्रदेश-०२-०३२ प ९५७१ नम्बरको मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएपश्चात उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही मोटरसाइकलको वास्तविक नम्बर परिवर्तन गरी लु.७८ प ६७५८  नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी रविन्द्रलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त मोटरसाइकल रविन्द्रले कृष्णबाट लिएको भन्ने खुल्न आएपछि काठमाडौं कपनबाट कृष्णलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
चेक रिपब्लिक पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-०१-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ३१ वर्षीय नारायण बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

अजरबैजान पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-०१-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने गोरखा अजिरकोट गाउँपालिका-४ घर भएका २२ वर्षीय अनिल देवकोटालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   देवकोटाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०१-१२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने सिन्धुली तीनपाटन गाउँपालिका-३ घर भएका ३६ वर्षीय एक राज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।