ज्यान सम्बन्धी कसूरका फरार व्यक्ति पक्राउ
२०८१-०२-२३
- A
- A-
- A+
काठमाडौं, ज्यान सम्बन्धी कसूरका फरार काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने दोलखा भिमेश्वर नगरपालिका-१ घर भएका ५० वर्षीय गणेश घिमिरेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दोलखा भिमेश्वर नगरपालिका-१ सुष्पाक्षमावती बस्ने ७७ वर्षीय झिलक बहादुर विश्वकर्मा आइतबार बिहान सोही ठाउँस्थित आफ्नै मकै बारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रही फरार रहेका घिमिरे काठमाडौं महानगरपालिका-५ स्थित लुकिछिपी बसिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।