प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०२-२६

  • A
  • A-
  • A+
Share

पाल्पा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दमाईले ती किशोरीलाई ललाई फकाई जेठ ३ गते आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार