प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०२-३०

  • A
  • A-
  • A+
Share

भोजपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका-९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको भन्ने  उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

विशाल उपर ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार