प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०३-०५

  • A
  • A-
  • A+
Share

ललितपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोञ्ज्योसोम गाउँपालिका-४ नल्लु बस्ने ४० वर्षीय कुमार केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

तनहुँ, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दिपुर गाउँपालिका-१ नाहाला बस्ने ५९ वर्षीय बम बहादुर कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुँवरले ती बालिकालाई आइतबार दिउँसो ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार