प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०४-०१

  • A
  • A-
  • A+
Share

भक्तपुर,१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भएका ३८ वर्षीय नवराज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

श्रेष्ठले ती बालिकालाई कमलबिनायक बसपार्कस्थित शौचालय नजिक शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार