बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०४-०८
- A
- A-
- A+
कैलाली, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी लम्कीचुहा नगरपालिका-१ बस्ने २० वर्षीय अमर गौतमलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कैलालीबाट उक्त मुद्दामा ३ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कैलाली पठाइएको छ ।