प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुटपिट गरी ससुराको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ

२०८१-०४-२८

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ सोही महानगरपालिका-१० प्रगती टोल डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-१ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूबीच झैझगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएका सितारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।