प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ

२०८१-०६-०१

  • A
  • A-
  • A+
Share

 पर्सा, सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २१  वर्षीय ओम कुमार पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडि मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा सलंग्न पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१५ प्रतिमाचोक नजिकबाट पक्राउ गरेको हो । 

प्रहरीले उनी विरूद्ध सार्वजनिक शान्ति विरूद्धको कसूरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा सलंग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।



सम्बन्धित समाचार
कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१०-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने धनुषा बटेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय राम बिहारी महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । रामले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८२-०९-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भएकी ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु, काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१० घर भएका ३० वर्षीय अभिशेष कराला, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-१ घर भएका ४६ वर्षीय चेतनारायण आचार्य, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-७ घर भएका ४९ वर्षीय रेशम लाल लामा तामाङ र काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने काठमाडौं महानगरपालिका-१७ घर भएकी ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये सुनिताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, अभिशेषले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ, चेतनारायणले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ, रेशमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र निलिमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनितालाई काठमाडौं महानगरपालिका-३२, अभिशेषलाई काठमाडौं महानगरपालिका-१२ बाट, चेतनारायणलाई काठमाडौं महानगरपालिका-२६ बाट र रेशमलाई काठमाडौं महानगरपालिका-६ बाट सोमबार तथा निलिमालाई काठमाडौं नागार्जुन नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३४ वर्षीय अमन महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  अमनले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।