प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

२०८१-०७-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर साविक युँ गाविस-५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । 

झापा मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्यामा संलग्न रही वारदात पश्‍चात फरार रहेका सर्मिलाको श्रीमान् गजेन्द्र वान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 


सम्बन्धित समाचार
कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१०-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने धनुषा बटेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय राम बिहारी महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । रामले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८२-०९-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भएकी ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु, काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१० घर भएका ३० वर्षीय अभिशेष कराला, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-१ घर भएका ४६ वर्षीय चेतनारायण आचार्य, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-७ घर भएका ४९ वर्षीय रेशम लाल लामा तामाङ र काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने काठमाडौं महानगरपालिका-१७ घर भएकी ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये सुनिताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, अभिशेषले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ, चेतनारायणले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ, रेशमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र निलिमाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनितालाई काठमाडौं महानगरपालिका-३२, अभिशेषलाई काठमाडौं महानगरपालिका-१२ बाट, चेतनारायणलाई काठमाडौं महानगरपालिका-२६ बाट र रेशमलाई काठमाडौं महानगरपालिका-६ बाट सोमबार तथा निलिमालाई काठमाडौं नागार्जुन नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३४ वर्षीय अमन महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  अमनले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।